• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु, ४ जना घाइते




पाल्पा, २५ पुस । पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।

Facebook Comments