• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्याब्सन दाङको ३२ औं स्थापना दिवस सम्पन्न




घोराही, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन, नेपाल (प्याब्सन) दाङको ३२ औं स्थापना दिवस सम्पन्न भएको छ । प्याब्सको आयोजनामा शनिबार घोराहीमा रहेको होटेल पौवामा उक्त दिवस सम्पन्न भएको हो ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन गिरीको अध्यक्षता एवं केन्द्रीय सचिव यादव गरीको प्रमुख आतिथ्यता कार्यक्रम थियो । प्याब्सनले पुस २२, २३ र २४ गते तीन दिनसम्म आफ्नो स्थापना दिवस मनाएको छ । जिल्ला ट्राफिक दाङको सहकार्यमा पुस २२ गतेदेखि ट्राफिक सचेतना कार्यक्रम गरि आफ्नो स्थापना दिवसको सुरुवात गरेको थियो भने पुस २३ गते पत्रकारसँग मैत्रीपूर्ण भलिबल आयोजना गरेको थियो ।No description available.

उक्त कार्यक्रममा प्याब्सन दाङले विभिन्न उच्च शैक्षिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मान हुनेमा प्याब्सनका केन्द्रीय निवर्तमान प्राज्ञिक सल्लाहकार अरुण कुमार शर्मा, प्याब्सनका दाङका वरिष्ठ सल्लाहकार केशव थापा, प्याब्सन दाङका सल्लाहकार जीवन कुमार आचार्य र विनयकुमार मिश्र, रहेका छन्, भने प्याब्सन घोराही नगर उकृष्ट रूपमा सम्मानित भएको छ । त्यसैगरी पत्रकारिता माध्यमबाट प्याब्सन दाङको गतिविधिलाई उच्च प्राथमिकता दिएको भन्दै प्याब्सनले नयाँ युगबोधका पत्रकार गोबिन्द खड्कालाई नगद ५ हजारसहित सम्मान गरेको हो ।

त्यस्तै जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने गुरुकुल एकेडेमी, द्वितीय हुने जनज्योति विद्यामन्दिर र तृतीय हुने ज्यानजोति एजुकेशन एकेडेमीका विद्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्र वितरण गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी र सम्मान पत्र वितरण गरिएको थियो ।No description available.

त्यसैगरी मैत्रीपूर्ण भलिबल खेलमा विजेता नेपाल पत्रकार महासंघ दाङ र उपविजेता प्याब्सन दाङलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय निवर्तमान प्राज्ञिक सल्लाहकार अरुण कुमार शर्मा, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा, प्याब्सन दाङका सल्लाहकार जीवन कुमार आचार्य र विनयकुमार मिश्र, प्याब्सन घोराही नगरका अध्यक्ष बिरेन्द्र चन्द, प्याब्सन तुलसीपुर नगरका अध्यक्ष गिरीराज डाँगी, सम्मानित पत्रकार गोबिन्द खड्काले मन्तव्य राखेका थिए ।No description available.

प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष बिजयमा जिएमको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण प्याब्सनका जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

Facebook Comments