• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडक्रस होलेरीद्वारा अग्निपीडित परिवारलाई गैरखाद्य राहत सामग्री वितरण




होलेरी, २४ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिका–६ डुब्रिङ निवासी अग्निपीडित हिमबहादुर बिकको परिवारलाई गैरखाद्य राहत सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी होलेरी उपशाखाले आज आइतबार सो सामग्री वितरण गरिएको हो ।

रुन्टीगढी गाउँपालिका – का वडा अध्यक्ष घनबहादुर घर्तीको रोहवरमा आइतबार बिहानै रेडक्रसले अग्निपीडित परिवारलाई बाल्टी, डाडू, पन्यू, त्रिपाल, कम्बल, डेक्ची ३, थाल ३, बटुका २, गिलास २, धोती १, पटुका १ तन्ना २, प्यान्ट कपडा ४, सर्ट कपडा ४ पेटीकोट लगायत गैरखाद्य राहत सामग्री प्रदान गरेको रेडक्रस सोसाइटी होलेरी उपशाखाका सभापति लक्षीराम थापाले जानकारी दिए ।

पीडित परिवारको घरमा शनिबार राति १० बजेतिर आगलागी भएको र आगलागीबाट मानवीय क्षेती नभएता पनि घरमा भएका खाद्यान्न सामग्रीहरु जलेर नष्ट भएको छ । रुन्टीगढीमा पुस महिनामा मात्र ३ वटा घरमा आगलागी भएको र आगोबाट सबै सजक र सचेत रहनुपर्ने रेडक्रसले अनुरोध गरेको छ ।

भान्सा घरसँग जोडिए हुँदा भान्सामा भएका दाउराबाट पटरा हुँदै घरमा लागलागी भएको हुनसक्ने परारम्भिक अनुमान गरिएको र आगोलागीबाट घरको तल्ला तलामा भएका सामग्रीहरु जोगाउन सफल भएतापनि माथिल्लो तलमा भएका कुनैपनि सामग्रीहरु जोगाउन नसकेको रुन्टीगढी गाउँपालिका –६ का वडा अध्यक्ष घनबहादुर घर्तीले जानकारी दिए ।

Facebook Comments