• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सर्बोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा




दाङ, पौष २३ । दाङको घोराहीमा रहेको सर्बोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडकोे आठौं वार्षिक साधारणसभामा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एंव घोराही उपमहानगरपालिका उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रमुख डिसीले सहकारी संस्थाले नागरिकको सेवा मूलक काम गर्नुपर्ने भन्दै घोराही क्षेत्रका सहकारीको सवलीकरण र शुद्धिकरणका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताउनुभयो । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी बजार सञ्चालनमा ल्याएर जिल्लामा उदाहरणीय काम गरेको भन्दै उहाले यसलाई दिगो र अझ प्रभावकारी बनाउनका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सर्वोत्तम बहुउद्देश्यी सहकारी संस्थाले सञ्चालनमा ल्याएको सहकारी बजारलाई सफल बनाउनका लागि जिल्लाका सहकारीकर्मीहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक खिमराज खनाल र सहकारी बजार परियोजनाका प्रमुख कमल थपलियाले सहकारी बजार परियोजनका बारेमा जानकारी गराउनु भएको थियो ।

सहकारी संस्थाका उपाध्यक्ष शालिकराम खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, सल्लाहकार कृष्णप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैक घोराही शाखा प्रमुख डिल्लिराज दाहाल, सम्मानित हुनेहरुका तर्फबाट ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारी लगायतकाले शुमकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

साधारणसभाले संचालक समितिका सदस्यमा गायत्रा खनाल र भावना आचार्यलाई थप गरेको छ ।
कार्यक्रममा नियमित रुपमा बचत गर्ने भूपनाराण भण्डारी, असल ऋण कारोबार गर्ने बिमल कुमार खड्का र सहकारी बजारमा सवैभन्दा बढी कारोबार गर्ने सुनकुमारी घर्तिलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारी बजारमा धेरै कारोवार गर्ने नविन केसी, सुनिता खड्का, नविनकुमार पाण्डेय, सीता कुमारी बाठा, ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय भरतपुर, शशिधर पौडेल, लोकेन्द्र बुढाथोकी, बसन्त खत्री र रामप्रसाद गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका सचिव हेमराज शर्माले गर्नु भएको थियो ।

साधारणसभाले निति तथा कार्यक्रमहरु र प्रगति विवरण समावेस गरी संचालक समितिको तर्फबाट अध्यक्ष ध्रुबराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदन र संस्थाको आर्थिक गतिविधिहरुलाई समावेश गरी कोषाध्यक्ष गुरुप्रसाद खनालको तर्फबाट प्रस्तुत प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।

यसैगरी अहिलेको वर्तमान परीपे्रक्ष्यमा एक वा दुई वटा सहकारी संस्थामा आवद्ध थोरै संख्याका सदस्यहरुको थोरै पुँजी परिचालन मार्फत कार्य गर्दा आसातीत उद्धेश्यहरुको पूर्ती गर्न धेरै समय लाग्ने र लाखौं लगानीकर्ताहरु भएका बैंक वा वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्न असहज हुने विश्वासका साथ स–साना सहकारीहरुमा आवद्ध सबै व्यक्तिहरुलाई एकाकार गरी एकै खालको सहकारी अभियानमा जोड्ने अभिप्रायले एक विशाल सहकारीको रुपमा स्थापीत गराउनका लागि आवश्यक सम्पूर्ण प्रकृयाहरु पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने निर्णय साधारणसभाले सर्वसम्मत रुपमा गरेको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो उद्देश्य अनुसार बिगत दुई बर्षदेखि घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालनमा ल्याएको छ । बजारमा किनमिन गर्ने शेयर सदस्यहरुलाई कारबार अंकको आधारमा प्रतिफल रकम दिदै आइरहेको छ ।

Facebook Comments