• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाली समाज सेवा दाङको भवन निर्माण गर्न अवधारणापत्र सार्वजनिक




रोल्पालीसमाज सेवा दाङले दाङ घोराहीमा सहयोग सम्मेलन कार्यक्रमको आयोजना गरी रोल्पाली समाज सेवा दाङको भवन निर्माणको लागि आफ्नो अवधारणापत्र सार्बजनिक गरेको छ।

उक्त कार्यक्रममा रोल्पा जिल्ला संग सम्बन्धित विभिन्न सामाजिक संस्थाहरुको उपस्थित थियो। रोल्पा सेवा समाज रोल्पा, तालाबाङी समाज, कोटगाउले समाज, थबाङी समाज, रोल्पा कुरेली ढाङ्डुङे समाज, रेउघा रोल्पा समाज र मिरुल समाजको सहभागीतामा भएको कार्यक्रमको अध्यक्षता रोल्पाली समाज सेवा दाङका अध्यक्ष मदन ओली र कार्यक्रमको संचालन सचिव कृष्ण बुढामगरले गर्नु भएको थियो।

उक्त सम्मेलनमा रोल्पा परिवर्तन थुनी घर भै हाल घोराही बस्दै आउनुभएका इन्जिनियर ऋषिराम शर्माले संस्थाको भवन निर्माणमा रु १ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ। उक्त भेलाले आम रोल्पाली समुदायमा भवन निर्माणका आर्थिक तथा भौतिक सहयोग गर्न अपिल गरेको छ। सहयोग सम्मेलनको

अवधारणा पत्र यस प्रकार रहेको छः

रोल्पा जिल्लाबाट बिभिन्न कारणले बसाई सराई गरी दाङ जिल्लाका विभिन्न स्थानमा विभिन्न पेशा ब्यबसाय गरी बसोबास गरी आएका ब्यक्तिहरुलाई सार्वजनिक सेवाको उपलब्धता र अन्य सामाजिक कार्यमा सघाउ पुर्याउने पवित्र उद्येश्यले मिति २०६९/११/०१मा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता नं. ९४६ मा रोल्पाली समाज सेवा दाङ नामक मुनाफा रहित सामाजिक संस्था दर्ता भएको छ । यो संस्थाले हाल एम्बुलेन्स सेवा सञ्चालन गरी आएको छ ।

यस संस्थाले घोराही उपमहानगरपालिका नं. १३ वडा अन्तरगत डुम्मरगाउंमा घडेरी जग्गा खरिद गरी कम्पाउण्ड सहितको तीन तले दश कोठे पक्की भवननिर्माण गर्ने योजना बनाएको छ । सोही सन्दर्भमा घोराही उपमहानगरपालिकाका नगर प्रमुखज्युबाट सिलन्यास गराई सकेको छ । तर भवन निर्माण जस्तोमहत्वाकाङ्क्षी योजनामा बजेट जुटाउने काम निकै कठीन भएकोछ ।यस संस्थाका आजीवन सदस्य तथा समाज सेवी केवलप्रसाद खत्रीबाट यस संस्थालाइ एउटा एम्बुलेन्स दान गर्नु भएकोले सो सञ्चालनबाट आउने रकम र सदस्या शुल्क बाहेक अन्य आय श्रोत यस संस्थाको छैन ।

संस्थाले सहयोगीका लागि निम्न प्रस्ताव अघि सारेको छः
रोल्पाली समाज सेवा दाङको भवन निर्माण कार्यमा सहयोग गर्नको लागि आगामी बैठकले गर्न सक्ने निर्णयहरु थपघट तथा राय सुझावको अपेक्षा सहित
१)५ लाख वा सो भन्दा माथिसहयोग गर्ने दाताको लागि
-रोल्पाली समाज सेवा दाङको विधानकोदफा ट ग अनुसार मानार्थ सदस्यता दिने
-भवनको कुनै एक कक्षमा दाताको नाम काश्य पत्रमा उल्लेख गरी राखिने
-संस्थाको एम्बुलेन्समा ५० प्रतिशत छुट दिने ।
-भवन निर्माणको काम सम्पन्न पश्चात यस क्षेत्रको महत्वपूर्ण धार्मिक क्षेत्र जलजला भ्रमण गराउने र दोसल्ला ओढाएर सम्मान गरिने ।
२) २ लाख५० हजार देखि ५ लाख सम्म वा सो सरह सहयोग गर्ने दाताको लागि
-रोल्पाली समाज सेवा दाङको विधानकोदफा छ ख अनुसार आजीवन सदस्यता दिने।
-भवनको कुनै एक कक्षमा दाताको नाम ताम्र पत्रमा उल्लेख गरी राखिने
-संस्थाको एम्बुलेन्समा ४० प्रतिशत छुट दिने
-भवन निर्माणको काम सम्पन्न पश्चात यस क्षेत्रको महत्वपूर्ण धार्मिक क्षेत्र जलजला भ्रमण गराउने र दोसल्ला ओढाएर सम्मान गरिने ।
३) १ लाख देखि २ लाख ५० हजारसम्म वा सो सरह सहयोग गर्ने दाताको लागि
-रोल्पाली समाज सेवा दाङको विधानकोदफा छ ख अनुसार आजीवन सदस्यता दिने।
-भवनको कुनै एक कक्षमा दाताको नाम ताम्र पत्रमा उल्लेख गरी राखिने।
-संस्थाको एम्बुलेन्समा ३० प्रतिशत छुट दिने।
-भवन निर्माणको काम सम्पन्न पश्चात यस क्षेत्रको महत्वपूर्ण धार्मिक क्षेत्र जलजला भ्रमण गराउने र दोसल्ला ओढाएर सम्मान गरिने ।
४) ५० हजार देखि ९९ हजारसम्म वा सो सरह सहयोग गर्ने दाताको लागि
-रोल्पाली समाज सेवा दाङको विधानको दफा छ ख अनुसार आजीवन सदस्यता दिने।
-भवनको कुनै एक कक्षमा दाताको नाम संगमरमरमा भित्ते लेखन गरिने ।
-संस्थाको एम्बुलेन्समा १५ प्रतिशत छुट सुविधा दिने
-भवन निर्माणको काम सम्पन्न पश्चात यस क्षेत्रको महत्वपूर्ण धार्मिक क्षेत्र जलजला भ्रमण गराउने र दोसल्ला ओढाएर सम्मान गरिने ।
५) ५हजारदेखि ४९ हजार सम्म वा सो सरह सहयोग गर्ने दाताको लागि
-रोल्पाली समाज सेवा दाङको विधानको दफा छ क अनुसार आजीवन सदस्यता दिने।
-संस्थाको अभिलेखमा सदस्यको नाम अभिलेख गरिने।संस्थाको निर्वाचन हुदा यो अभिलेखले मतदाताको काम गर्ने छ ।
-संस्थाको एम्बुलेन्समा १० प्रतिशत छुट सुविधा दिने

Facebook Comments