• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभाका सांसदको शपथग्रहण आज




लुम्बिनी प्रदेशसभामा निर्वाचित नयाँ सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा शपथ ग्रहण हुन लागेको हो । प्रदेशसभा सदस्यहरुलाई शपथग्रहण गराउन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन आइतबार नै बुटवलबाट देउखुरी आउनेछन् ।

प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण हुन लागेको हो । शपथ ग्रहणका लागि प्रदेशसभाका अधिकांश सदस्य देउखुरीमा आइसकेका छन् । शपथ ग्रहण कार्यक्रम र मन्त्रालय व्यवस्थापनको कामले देउखुरीका भालुवाङ, लालमटिया, मसुरिया क्षेत्रमा चहलपहल पनि बढेको छ ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकका लागि प्रदेश सरकारको १० करोड बढी लागतमा देउखुरीमा बनेको प्रदेशसभा भवनको अधिकांश काम सकिएको र सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम तयारीको अवस्थामा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथ ग्रहण र बैठक हुनेछ ।’ निर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रममा संघबाट निर्वाचित प्रतिनिधिसभाका सांसद, सरकारका बहालवाला मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, राप्ती उपत्यकाका निर्वाचित जनप्रतिनिधिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको उनले बताए । शपथ ग्रहण कार्यक्रम आइतबार दिउँसो १ बजे हुनेछ ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

अघिल्लो प्रदेशसभामा ५ दलको उपस्थिती रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ । प्रदेशसभा सचिवालयले ठूला तिन दलका लागि दलको कार्यालयसमेत व्यवस्थापन गरेपनि साना दलका लागि व्यवस्थापन हुने क्रममा रहेको जनाएको छ ।

Facebook Comments