• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनकल्याण सामुदायिक वनको नयाँ नेतृत्वका लागि मतदान




राजपुर-१६ पुस। राजपुर गाउँपालिका ३ नंबर वडा भैसहवास्थित श्री जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको नया नेतृत्व समितिका लागि शनिबार मतदान भएको छ।

गत शनिबार बसेको साधारणसभाकाे बैठकबाट नयाँ नेतृत्व समितिका लागि चुनाव हुने भएको थियो। सदस्य बाहेक अन्य सबै पदमा दुई प्यानलबिच उम्मेद्वारी घोषणा भएको थियो।

उम्मेदवारीमा गैँडा चुनाव चिन्हका प्यानलबाट अध्यक्षमा लिला राम यादव उपाध्यक्षमा राम बहादुर यादव, कोषाध्यक्षमा तारा विक, सचिवमा बालक राम यादव, र सह–सचिवमा शेर बहादुर यादव त्यस्तै बिपक्षी बाघ चुनाव चिन्हका प्यानलबाट अध्यक्षमा केशव राम यादव उपाध्यक्षमा सिता विक , कोषाध्यक्षमा राज बहादुर यादव , सचिवमा शान्ति कामी, र सह–सचिवमा शिव कुमार यादवकाे उम्मेद्वारी रहेको सदस्य पदमा भने स्वतः निर्विरोध भएको निर्वाचन संयोजक राम प्रसाद यादवले जानकारी दिनुभएको छ ।

जम्मा कुल २९९ उपभोक्ता संख्या भएको मतदानमा २९३ मत परिणाम खसेको छ। बिहान ८ बजेबाट सुरु भएको मतदान दिँउसो २ बजेसम्म भएको थियो। अब केही बेरमा मतपरिणाम गणना सुरु हुने जानकरी निर्वाचन अधिकृत पुष्कर बिश्वकर्माले जानकारी दिनुभएको छ।

Facebook Comments