• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामुदायिक विद्यालयमा अब्बल बन्दै दाङको मावि रझेना




दाङको घोराही १८ स्थित मावि रझेना अब्बल बन्दै गएको छ । विगत केही बर्षदेखि पूर्वाधार तथा शैक्षिक गुणस्तरमा गरेको सुधारका कारण विद्यार्थी आकर्षित गर्दै गएको यो विद्यालयले अब नतिजामा समेत अब्बल स्थान हालि गर्न थालेको छ ।

विद्यालयको ६५ औं बार्षिकोत्सवमा सार्वजनिक गरिएको प्रगति विवरणअनुसाार गत शैक्षिक बर्षको कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ, जो जिल्लामै सामुदायिकतर्फ उत्कृष्ट नजिता हो ।

प्राविधिक धारतर्फ पनि हरेक बर्ष ६० देखि ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो । यसैबर्ष जियोमेटिक्सतर्फ आफ्नो विद्यालयका छात्र जनक बुढाथोकी नेपाल प्रथम भएको पनि उहाँले जानकारी दिनुभयो ।

यो विद्यालयमा अंग्रेजी धारतर्फ पनि विद्यार्थीको आकर्षण बढिरहेको छ । कक्षा १ देखि १० सम्म ८९६ जनाले नेपाली माध्यमबाट पढिरहेकोमा शिशुदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीको संख्या पनि ६६१ पुगेको छ । मन्टेश्वरीतर्फ ४८, कक्षा ११ र १२ मा ८२१ र प्राविधिकतर्फ ३९० गरी कूल २८१६ विद्यार्थी रहेका छन् ।

यसैबीच विद्यालयले ६५ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले यो विद्यालयले प्रगति गरेकोमा खुशी व्यक्त गर्दै युगानुसार गुणस्तरीय शिक्षाका लागि घोराहीभित्रका सामुदायिक विद्यालयमा पूर्वाधार अभाव हुन नदिने पनि उहाँले स्पष्ट गर्नुभयो । घोराहीका प्रत्येक वडामा नमूना विद्यालय बनाउने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, पूर्व प्रअ हरिप्रसाद गौतम, पूर्वशिक्षक गणेश श्रेष्ठ, सिद्धरत्न मावि नारायणपुरका प्रअ उत्तम खनाल, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुशील गौतम र अक्षयकोषदाताको तर्फबाट चन्द्रराज पन्तले बोल्नुभएको थियो । प्रअ उद्धव न्यौपानेले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहायक प्रअ लालमणि आचार्य र शिक्षक बिमला भट्टराईले गर्नुभएको थियो ।

अक्षयकोष घोषणा
यसैबीच विद्यालयका पूर्वप्रअ हरिप्रसाद गौतमले बुवा आमाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । उहाँले एक लाख राशीको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । यो विद्यालयमा यसअघि विभिन्न दाताहरुले झण्डै १२ लाख बढीको अक्षयकोष स्थापना गरिसक्नुभएको छ । सो कोषणबाट हरेक बर्ष बार्षिकोत्सवमा लक्षित विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।

Facebook Comments