• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा मावि घोराहीको रजत जयन्तीको अवसरमा खेल उत्सव




गोरखा ग्रुपद्वारा सञ्चालित गोरखा इन्टरनेशनल पब्लिक स्कुल घोराहीको रजत जयन्तीको अवसरमा आयोजित साताब्यापी खेलकूद प्रतियोगिता सकिएको छ । एक सातााभन्दा लामो समयदेखि चलेको प्रतियोगिताको समापन गरिएको छ ।

‘अनुअल एथ्लेटिक्स मिट २०७९’ आयोजना गरी खेल उत्सव समापन गरिएको हो । खेल अवधिभर नर्सरीदेखि कक्षा १२ सम्मका झण्डै पाँच सय विद्यार्थीले विभिन्न बिधामा आफ्नो प्रतिभा देखाएका थिए । सबै खेलमा प्रतिष्पर्धा गरेर आएका विद्यार्थीहरुको पनि फाइनलमा अन्तिम प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा विजयी खेलाडीहरुलाई पुरस्कार वितरणसहित समापन गरिएको छ ।

चार वटा सदन बनाएर गरिएको खेलकुदमा रातो सदन प्रथम भएको छ । प्रिन्सिपल मानसिंह घर्तीका अनुसार, रातो सदनले २१ स्वर्ण, ११ रजत, १२ कास्यसहित ४४ पदकका साथ विजेता बन्न सफल भएको छ । यस्तै, निलोे सदन ८ स्वर्ण, १४ रजत, १० कास्यसहित ३२ पदकका साथ दोश्रो भएको छ । हरियो सदन पनि ७ स्वर्ण, ८ रजत र ११ कास्यसहित २६ पदकका साथ तेश्रो भयो भने पहेँलो सदन ६ स्वर्ण, ९ रजत र ११ कास्यसहित २६ पदकका साथ चौथो भएको छ ।
गोखा ग्रुपका अध्यक्ष मानबहादुर बुढा र सिइओ नवलसिंह जीएम दौडेर समापन खेलको उद्घाटन गर्नुभएको थियो । ग्रुपका अध्यक्ष बुढाको अध्यक्षतामा भएको समापनमा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले नियमित पठनपाठनबाहेक विद्यार्थीको रुचिअनुसार गराइने अतिरिक्त क्रियाकलापले उनीहरुको भविष्य निर्धारणमा सहयोग पुग्ने बताउनुभयो ।

मानव जीवनका लागि सुरक्षा आवश्यक रहेको भन्दै उहाँले विद्यार्थीहरुलाई सुरक्षा संवदनशीलताबारे पनि ज्ञान दिनुपर्ने उहाँले बताउनुभयो । अपराध नियन्त्रणमा सूचना महत्वपूर्ण हुने र त्यसका लागि विद्यार्थीले सकारात्मक भूमिका निर्वाह गर्नसक्ने पनि उहाँले बताउनुभयो ।

नेपाली समाजमा लागु औषध, बालविवाह, सामाजिक सञ्जालको दुरुपयोग, मानव बेचबिखन, विभिन्न कुप्रथा, आत्महत्यालगायतका सामाजिक समस्या ब्याप्त रहेको उल्लेख गर्दै उहाँले यसबाट कतै न कतै विद्यार्थी प्रभावित हुने र उनीहरुलाई यसबाट बचाउन सरकार, विद्यालय र अभिभावकहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

त्यसका लागि नेपाल प्रहरीले समुदाय साझेदारी कार्यक्रममार्फत विद्यालय भिजिट कार्यक्रम गर्ने भएकाले यसमा सहजीकरणका लागि पनि उहाँले शैक्षिक क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा गोरखा ग्रुपका उपाध्यक्ष बिष्णु घर्तीलगायत ग्रुपका शेयर सदस्यहरु, ग्रुपका प्राज्ञिक निर्देशक दुर्गाबहादुर केसी, मानव संसाधन निर्देशक उत्तमराज घिमिरे, ग्रुपद्वारा सञ्चालित गोखा घोराही, तुलसीपुर, लमही र भालुवाङ, भिक्टोरिया क्याम्पसलगायतका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

गोरखा मावि घोराहीका प्राचार्य मानसिंह घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षकद्वय थम्मन बस्नेत र शोभाकर पन्थीले गर्नुभएको थियो ।

गोरखा मावि घोराहीले पुस १७ गते रजत जयन्ति मनाउँदैछ । अब पुस १६ गते शनिबार बिहान ८ बजेपछि रजत जयन्तीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल घर्तीले बताउनुभयो ।

लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलमा पनि यही पुस १६ गते खेलकुद कार्यक्रम समापनसँगै प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ भने विद्यालयको वार्षिकोत्सव १९ गते गरिने विद्यालयले जनाएको छ ।

उता, लालमटियामा रहेको विद्यालयले भने पुस २० गते एथ्लेटिक्सको फाईनल खेलसँगै पुरस्कार वितरण गरिने भएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले तयार पारेका विभिन्न रचनात्मक तथा नवप्रवर्तनात्मक सामग्री प्रदर्शनीका रुपमा देखाईने भएको छ ।

Facebook Comments