• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीको निर्देशनमा बिदेशबाट ल्याइने मोबाइलको कर कार्यान्वयनमा रोक




प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमडिएमस प्रक्रिया तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन्। विदेशबाट फर्किएका नेपालले ल्याउने मोबालाइललाई कडाइ गर्ने निर्णय तत्काल लागू नगर्न र पुरानै प्रक्रियामा चल्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार अर्थमन्त्री विष्णु पौडेललाई पुरानै प्रक्रिया रहन दिन निर्देशन दिएका हुन्।

आज (पुस १५) देखि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने जनाइएको छ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध भइरहेको छ।

Facebook Comments