• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय




सत्ता साझेदार दलले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताए ।

जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ ।

‘उद्देश्य प्राप्तिका लागि न्यूनतम् साझा कार्यक्रम बनाएर हामी के का लागि सरकारमा छौ भन्ने कुरा तय गर्ने हो । त्यो तय गर्नका लागि संयन्त्र बनाएका हौ । त्यसमा उहाँहरूका एजेन्डा समावेश हुनेछन्’, अन्य दलको समर्थनबारे सोधिएको प्रश्नमा मन्त्री लामिछानेको भनाइ छ ।

Facebook Comments