• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एनआइसी  बैंकमा व्यवसायीले गरे तालाबन्दी




घोराही, १४ पुस । दाङको गढवामा रहेको एनआइसी एसिया बैंकको शाखामा तालाबन्दी गरिएको छ। बैंकको ज्यादतीविरुद्ध तालाबन्दी गरिएको हो।

व्यवसायीको इच्छाविपरीत जबरजस्ती रूपमा वस्तुको मूल्य निर्धारण गरी लिलाम प्रक्रिया अघि बढाएको विरोधमा तालाबन्दी गरिएको हो।

एनआइसी बैंक राजपुर शाखाबाट गढवा निवासी रामदास यादवले तीन करोड कर्जा लिएका थिए। बैंकले जग्गा र व्यवसाय लिलाम प्रक्रियामा लगेपछि व्यवसायीले तालाबन्दी गरेका हुन्।

महाशक्ति इन्टरप्राइजेचको नाममा कर्जा थियो। तर त्यो कर्जा उठाउन बैंकले व्यवसायीलाई मानसिक यातना दिएको आरोप छ।

दाङ उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाभरका उद्योग वाणिज्य संघको सहभागितामा तालाबन्दी गरिएको दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए।

‘तीन करोड ३२ लाखको मूल्यांकन देखिन्छ। तर तीन करोड १८ लाख कर्जा तिर्नुपर्ने देखिन्छ। जग्गा धितोबाट मूल्यांकन पुग्ने देखिँदादेखिँदै सपल र गोतममा बैंकले शिल गर्‍यो’, भुसालले भने, ‘लिलाम गर्दा सामानको स्थानीय मुल्यांकन गरिएन, हचुवाको भरमा सामान बिक्री गर्न थालियो।’

सुरुमा एक करोड लगानी गरेको व्यवसायीलाई पछि थप दुई करोड कर्जा लगानी गरिएको थियो।

कर्जा लगानी गर्दा पनि बैंकले बदमासी गरेको आरोप छ। लिलाम भएको सामान लोड गर्ने बेलामा व्यवसायीले रोकेका छन्।

 

Facebook Comments