• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यान श्रीनगरमा बृहत सांस्कृतिक महोत्सव सुरु




सल्यान, १३ पुस। सल्यान श्रीनगरमा आजबाट बृहत सल्यान लघु घरेलु, उद्योग, कृषि, पशु पर्यटन तथा सांस्कृतिक महोत्सव विभिन्न सांस्कृतिक झाँकीहरुको र्‍याली सहित उद्घाटन संगै सुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा संचालन भएको महोत्सवको उद्घाटनको दिन आज सल्यानका विभिन्न मौलिक नाचहरु ९मयुर, बनगाडी टप्पा, पैसेरू० को झाँकी प्रदर्शनी सहित महोत्सवको उद्घाटन गरिएको हो ।No description available.

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष उमेश प्रकाश सिंहले यो महोत्सवले समग्र सल्यान र कर्णालीको कृषि, पशु तथा घरेलु उत्पादित बस्तुहरुको बजारिकरण र प्रचारप्रसारमा उल्लेखनीय भुमिका हुने बताउनु भयो । उहाँले कला सांस्कृति र घरेलु उत्पादित बस्तुहरुको प्रवर्द्धन गर्न पनि सबैलाइ आग्रह गर्नु भयो । ।

कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुन, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रमुखहरुको उपस्तिथि रहेको थियो ।

भोलि १४ गते हुने सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक तथा सर्जक गोपाल नेपाल जिएम,गायक प्रकाश बिहानी, गायक राजेश भन्डारी लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Facebook Comments