• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभा सदस्यको सपथ १६ गते गराउन सिफारिस




लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशसभाकासदस्यहरुलाई १६ गते सपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

आज मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले माननीयहरुको सपथ ग्रहणका लागि १६ गते दिउसो १ बजे प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीहरुसँग कुरा गर्दै बताउन भयो ।

यस्तै सरकारका प्रवक्ता लुम्बिनी तिलकराम शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सथम गराउने गरी तयार गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ ।

Facebook Comments