• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशसभा सदस्यको सपथ १६ गते गराउन सिफारिस




लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशसभाकासदस्यहरुलाई १६ गते सपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

आज मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) को अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले माननीयहरुको सपथ ग्रहणका लागि १६ गते दिउसो १ बजे प्रदेश अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकमीहरुसँग कुरा गर्दै बताउन भयो ।

यस्तै सरकारका प्रवक्ता लुम्बिनी तिलकराम शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशका सदस्यहरुलाई पहिलो पटक आफ्नो भवन प्रदेश सभा भवन देउखुरी दाङमा नै सथम गराउने गरी तयार गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गरेको तयारी भइरहेको छ ।

Facebook Comments