• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा एक पुरुष मृत अवस्थामा भेटिए




श्रवण कुमार यादव राजपुर, १३ पुस । दाङकाे राजपुर गाउँपालिका-१ रसरी खोला स्थित रामेश्वरी सामुदायिक बनको ठुलोछेक्रा खोलामा एक जना अपरिचित पुरुष मृत अवस्थामा भेटिएका छन्।

नामथर वतन नखुलेको हेर्दा मधेशी मुलको जस्तो देखिने खरानी रङको भेष्ट, गाढा निलो ट्रयाक लगाएको, अन्दाजी बर्ष १९/२० को पुरुष पुस ११ गते (सोमबार) दिनको अन्दाजी १५:३० बजेको समयमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मृतक ब्यक्तीको लाशलाई स्थानिय जनप्रतिनिधि, भद्रभलादमीको रोहबरमा लाश मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पोष्टमार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङको शव गृहमा सुरक्षित राखिएको जनाइएको छ।

हालसम्म निज मृतक व्यक्तीको सनाखत हुन नसकेकोले निज मृतक व्यक्तीलाई चिन्नुहुने महानुभावहरु तथा निजको घर परिवार आफन्तजनहरुले ईलाका प्रहरी कार्यालय गढवा, दाङद्वारा सम्पर्क गर्नु हुन अनुरोध गरिएको ईलाका प्रहरी कार्यालय गढवा, दाङले जनाएको छ।

Facebook Comments