• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङको २५ औं सम्मेलन आज




पौष १३ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङको सम्मेलन आज हुने भएको छ ।
आज बुधबार घोराहीमा अखिल (क्रान्तिकारी) दाङको २५ औं जिल्ला सम्मेलन हुने भएको हो ।

हजारौं बिद्यार्थीहरुको प्रदर्शनसहित हुन लागेको सम्मेलनलाई सम्बोधन गर्न सो संगठनका केन्द्रिय महासचिव ललित सी सहितका केन्द्रीय नेताहरु दाङ आएको सम्मेलन आयोजक समितीका संयोजक खुमन सीले डेलियुजराप्तीलाई जानकारी दिएका छन ।

आज दिउँसो १२ बजेदेखी भव्य बिद्यार्थी र्यालीसहित सुरु हुन गइरहेको सम्मेलनमा संगठनले सम्पुर्ण देशभक्त , प्रगतिशील , बामपंथी बिद्यार्थी एवम आम जनसमुदाय लगाएत समाचार संकलनका लागि सम्पुर्ण पत्रकारहरुलाई गरिमामय उपस्थितिका लागि समेत हार्दिक अपिल गरेको छ ।

वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तीका लागि हाम्रो आन्दोलन , जुझारु र सुदृढ संगठन निर्माणका लागि २५ औ दाङ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी) दाङले सम्मेलन सम्पन्न गर्न गइरहेको छ ।

Facebook Comments