• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्थतन्त्र सुधार्ने प्रचण्डको घोषणामा चीन साथ, ३१ महिनापछि खोलियो रसुवागढी नाका




चीनले कोभिड-१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ । नेपालमा नयाँ सरकार बनेकै भोलिपल्ट चीनले नाका खोलेको हो ।

३१ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

‘कोभिड-१९ महामारी पछि पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ,’ भण्डारीले भने, ‘यो ३१ महिनापछिको पहिलो स्थलगत निर्यात हो ।’

नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए ।

Facebook Comments