• २७ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पाका स्थानीय तहद्वारा जग्गाको वर्गीकरण




रोल्पाका दश स्थानीय तहमध्ये नौ तहले जग्गाको वर्गीकरण गरेका छन् । यसका लागि सङ्घीय सरकारले ताकेको समयसीमाभित्र सुनछहरी गाउँपालिकाबाहेक बाँकी सबै स्थानीय तहले जग्गा वर्गीकरण गरेका हुन् ।

“सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । स्थानीय तहले हालका लागि जग्गालाई कृषि र गैरकृषि गरी दुई क्षेत्रमा वर्गीकरण गरेका छन्”, नापी कार्यालय रोल्पाका नापी अधिकृत पुरण चौधरीले भने, “गैरकृषि क्षेत्रको जग्गा भने केही समयपछि वर्गीकरण हुन्छ ।” तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्ने स्थानीय तहले भने अब एकैपटक सबै प्रकारको वर्गीकरण गर्नुपर्ने उनको भनाइ छ ।No description available.

भू–उपयोग नियमावली, २०७९ अनुसार गैरकृषि क्षेत्रलाई आवासीय, व्यासायिक, औद्योगिक, खनिज तथा खानी, वन, नदी खोला ताल तथा सिमसार, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र,सरकारद्वारा आवश्यकतानुसार तोकिएको अन्य क्षेत्र गरी तोकिएको छ ।

जग्गाको वर्गीकरणसँगै अब जग्गाको कित्ताकाटसमेत सुरु भएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण समयमै नगर्दा लामो समयसम्म कित्ताकाट रोखिएको थियो । “अब कृषि क्षेत्रका लागि कम्तीमा एक हजार वर्गमिटर र आवासीय क्षेत्रका लागि कम्तीमा एक सय ३० वर्गमिटर क्षेत्रफल भएको जग्गा कित्ताकाट हुन्छ”, नापी अधिकृत चौधरीले भने ।

Facebook Comments