• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ दुर्घटना अपडेट : मृतक किशोरीको पहिचाहन खुल्यो




दाङ / शुक्रवार बेलुका बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी किशोरीको पहिचान खुलेको छ। मृत्यु हनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका – ४ पर्ने गाउँका नबराज शर्माकी १९ वर्षिय छोरी सृजना शर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले बताए।

शुक्रबार अपरान्ह ४ बजेतिर तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख २३७५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडि सवार सृजनाको मृत्यु भएको थियो।

घोराही तुलसीपुर सडकखण्ड अन्तरगत पर्ने घोराही उपमहानगरपालिका – १६ सर्रा नजिकै दुर्घटना भएको र मृतक सृजनाको तत्काल पहिचान खुल्न सकेको थिएन।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ वर्षीय क्रिश खड्का घाइते भएको र उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक गौतमले बताए। उनी ज्ञानज्योती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थिइन्।

Facebook Comments