• ४ असार २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते




दाङ, ८ पुस । दाङको घोराहीमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्। घोराही तुलसीपुर सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका १६ सर्रामा बसले मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी १९ वर्षीया युवतीको मृत्यु भएको हो। उनको परिचय खुलेको छैन।

मोटरसाइकल चालक दंगीशरण गाउँपालिका – ७ का १७ वर्षीय क्रिश खड्काको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी राजन कुमार गौतमले जानकारी दिए। उनको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

शुक्रबार साढे ४ बजे तुलसीपुरबाट घाराही तर्फ आइरहेको रा १ ख २३७५ नम्बरको बसले तुलसीपुर तर्फ जाँदै गरेको रा २ प ५२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बस र बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments