नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा ५० हजार राशिको कृष्णसेन इच्छुकस्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दाङका पत्रकार अजयदीप शर्मालाई प्रदान गरिएको छ । प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई सो पुरस्कार प्रदान गर्नुभएको हो । शर्मा सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष, पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य, नौलो जनउभार साप्ताहिकका सम्पादक हुनुहुन्छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।