• २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु




घोराही । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार शुरु भएको छ । प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार बिहीबारदेखि शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

विरामीको रगत निकालेर उक्त रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको बृद्धि भई कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागका डा। कृष्ण झा बताउनुहुन्छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा शुरु भएको उहाँले बताउनुभयो ।

‘कपाल उमार्ने सँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर एवं चाउरी हटाउन पनि यो विधि प्रभावकारी छ’– उहाँले भन्नुभयो– ‘यो उपचार विधिमा बिरामीकै रगतबाट प्लेटेसहितको प्लाज्मा छुट्याएर कपाल नभएको ठाउँमा राख्ने गरिन्छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको छ । प्रतिष्ठानको छाला रोग विभागमा डा। कृष्ण झाको नेतृत्वमा डा. निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले काम गरिरहेको छ । प्रतिष्ठानले थेरापी गरेको ३ देखि ६ महिनाभित्र कपाल पलाउने जनाएको छ ।

Facebook Comments