घोराही, ५ पुस । दाङको घोराही-१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।
अभिमुखीकरण तालीमका मुख्य प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले योग, मेडिटेसन, जीवन जगत र जीवनलाई कसरी सार्थक बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजमा रहदा के गर्ने के नगर्ने र अध्ययनलाई कसरी नतिजामुखी बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालीम कार्यक्रममा स्वागत मन्तव्य राख्दै राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले भन्नु भयो, ‘कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको र अन्तराष्टिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजको रुपमा चिनिन्छ ।
राप्ती इन्जिनियरिङ कलेजले ISo 2008:20015 प्रमाण पत्र प्राप्त गरेको छ ।
अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रशिक्षक रेशम विष्टले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।