• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार गलत कुरालाई आलोचना गर्नबाट पछाडि हट्न हुन्न : सञ्चारमन्त्री शर्मा




हिमाल महरा
दाङ, ५ पुस । लुम्बिनी प्रदेशका आन्तरिक मालिमा, सूचना तथा सञ्चारमन्त्री तिलकराम शर्माले पत्रकार गलत कुरालाई आलोचना गर्नबाट पछाडि हट्न हुन्न नहुने बताएका छन् । नेपाल पत्रकार महासंघका दाङ शाखाको ३० औं स्थापना तथा २१ औं साधारणसभालाई सोमबार तुलसीपुरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संचारमन्त्री शर्माले संचार क्षेत्रमा काम गर्ने पत्रकारले गलत कुरालाई आलोचना गर्ने, आलोचना गर्नबाट पछि नहट्ने र आलोचना गर्नबाट डराउन नहुने बताए । ‘चाहे त्यो प्रधानमन्त्रीले गरोस्, राष्ट्रपतिले गरोस् या मन्त्रीहरु वा अन्य कुनै व्यक्तिले गरोस् गलत कुरालाई गल्ती भन्ने सन्चार क्षेत्रमा काम गर्ने पत्रकारले साहस गर्नुपर्छझ, उनले भने जो हो त्यो हुनुपर्छ । त्यसलाई बढाइ चढाइ गरेर अर्को बिकृतिकरण नगरी सत्य कुरा बाहिर ल्याउदा उसले गरेका कमजोरीबाट सिद्दिन्छ भनेपनि त्यसको जवाफदेही उहीँ हुने कुरा हो । त्यो कुनैपनि संचारकर्मी साथीहरुले लिने कुरा हुन्न ।’No description available.

उनले सत्यता पत्ता मात्र समाचार लेख्नुपर्ने र आज सूचना प्रविधि युगको विकाससँगै त्यसले आफै चुनौतीको सिर्जना गरेको भन्दै समाचार प्रकाशन हतार नगर्नु पर्नेमा जोड दिए । सूचना हक हरेक व्यक्ति घरमा पुर्याउने भूमिका त्यत्तिकै मात्रामा पत्रकारको जिम्मेवारी हुने भएकाले त्यो क्षेत्र संवेदनशील भएन भने थुप्रै खालका समस्या आउने मन्त्री शर्माको भनाइ छ । दाङ पत्रकारिता क्षेत्रमा अगाडि भएको र दाङले बिगतदेखि नै संचार क्षेत्रमा राम्रै भूमिका खलेको छ र प्रदेश राजधानीको समृद्धिका लागि अझै सशक्त भूमिका दाङको संचार क्षेत्रले निर्वाह गर्नेछ उनले भने ।No description available.

प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीले विगतको जस्तो अहिलेको पत्रकारिता नभएको भन्दै अब विगतमा भएको पत्रकारिताको समीक्षा गर्नुपर्ने बताए । उनले सरकारले पत्रकारलाई मगन्ते बनाउने प्रायास गरेको र पत्रकार मगन्ते नबन्ने उद्घोष गरे । लोकतन्त्र ल्याउनमा पत्रकारको अहम भूमिका भएको स्मरण गराउदै काम गर्ने कर्मचारीले बढुवा पाएको तर पत्रकारले के पाए भन्ने प्रश्न राख्दै अहिले पत्रकारिता क्षेत्रमा कामगर्ने वातावरण राम्रो नभएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ, दाङका सल्लाहकार सुदीप गौतमले राजनीतिलाई पत्रकारिताले समृद्ध बनाएको बताए । उनले पत्रकारिताले नै राजनीति क्षेत्रलाई विशिष्ट बनाएर अगाडि बढाएको उद्घोष गरे ।

नेपाल पत्रकार महासंघका दाङका संस्थापक टिकाराम रेग्मीले २०२७ सालदेखि आफू पत्रकारिता क्षेत्रमा आवद्ध भएको बताए । उनले त्यतिबेला नेपालमा पत्रकारिता पढ्ने विद्यालयहरु नभएपछि भारतमा गएर धेरै दुस्ख र संघर्ष गरेर पत्रकारिता पढेको स्मरण गराए ।

तुलसीपुर उपमहानगरपालिका नगर उपप्रमुख स्यानी चौधरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि तुलसीपुर उपमहानगर सदैव साथ र सहयोग गर्न तयार रहेको बताइन् । उनले पत्रकारले सकारात्मक ढंगले कलम चलाइदिए सबै पक्षमा उत्साह थप्ने भन्दै समाचार लेख्दा कुनैपनि पक्षमा आग्रह पूर्बाग्रही नभएर सकारात्मक सोचको आधारमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिइन् ।No description available.

महासंघका उपाध्यक्ष बसुन्धारा गौतमको स्वागतबाट सुरुभएको कार्यक्रममानेकपा एमाले दाङ जिल्लाका सचिव मनोहर बुढाथोकी,  नेपाली कांग्रेस दाङ सह – सचिव राजु आचार्य,  नेकपा माओवादी केन्द्र दाङ जिल्लाका इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, एकीकृत समाजवादी दाङ जिल्लाका उपाध्यक्ष चुर्णबहादुर वली,जिल्ला प्रशासन कार्यालय दाङका प्रजिअ हिरालाल रेग्मी, मओजिल्ला प्रहरी दाङका प्रहरी प्रमुख बिरबहादुर वली, तुलसीपुर जिल्ला संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, प्रेस युनियनका केन्द्रीय पूर्व उपाध्यक्ष मुरारी कुमार शर्मा प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक हिरामणी दुखी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र ओली, प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हेमन्त प्रकाश वली, अकोर्‍याबका केन्द्रीय सदस्य संगीत बस्याल, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नवीन पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा तुलसीपुर (७ निवासी डिल्लीबहादुर केसीले एक लाख एक हजार एक सय एघार रुपैयाँको रंग पत्रकारिता पुरस्कर र घोराही उपमहानगरपालिका(१५ निवासी भुपाल गिरीले ५१ हजारको जेष्ठ नागरिकका पत्रकारिता पुरस्कारको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाल पत्रकार महासंघका दाङ शाखाको अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका आन्तरिक मालिमा, सूचना तथा सञ्चारमन्त्री तिलकराम शर्मालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।No description available.

महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

Facebook Comments