• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुन्टीगढीले थाल्यो, स्थानीय पाठ्यक्रम निर्माणका प्रयोजनार्थ सुझाव संकलन




प्रेम क्षेत्री

होलेरी, ३ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका प्रयोजनार्थ सुझाव संकलन थालेको छ । गाउँपालिका शिक्षा शाखाले पालिकाको वडा नं २ को कार्यालय गोरिनेटामा जनज्योति आवि लामिडाँडा, उमाभक्त आवि उमा, सिल्केपोखरी प्राबि गोरिनेटालाई मध्यनजर गरि शिक्षक, बुद्धिजीवी,पत्रकार, राजनैतिक दलहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको गरेको हो ।

वडाका अध्यक्ष भ्युलाल पुनको अध्यक्षता साथै रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख अञ्जु शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम रुन्टीगढी गाउँपालिका शिक्षा शाखाका प्रास  घन बहादुर डाँगीले सन्चालन गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि रुन्टीगढी बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष टेकलाल पुन, स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समिति सदस्य महेन्द्र रोका, नरेन्द्र डिसी लगायतको उपस्तिथि थियो ।

कार्यक्रममा स्थानीय पाठ्यक्रम कस्तो बनाउने ? र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । शिक्षा शाखा प्रमुख अञ्जु शर्माले नेपाल बहु भाषिक, बहु सांस्कृतिक, बहु धार्मिक र भौगोलिक बिबिधता भएकोले समान पाठ्यक्रम उपयुुक्त नहुने भएकोले स्थानीय पाठ्यक्रम आवश्यक रहेको बताउनुभयो । बिकास समितीका संयोजक टेकलाल पुनले पनि स्थानीय स्तरमा देखिने समस्या र समाधान पहिल्याई यहाँको कृषि, भौगोलिक, धार्मिक,पर्यटन, पुरातात्त्विक , भाषिक संकृति लगायतलाई मध्यनजर गरि पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभयो भने यो कार्यमा संलग्न सबैलाई धन्यवाद सम्म दिनुभएको छ ।

स्थानीय बुद्धिजीवी, शिक्षक सबैको स्थानीय माग,यहाँको आवस्यकता लाई मध्यनजर गर्दै जाने राष्ट्रिय नीति रहेतापनी यो पुर्णरूपमा लागू नभएकोले हामी यसको सुरुवात गर्न गरेको सम्म बताएका छन् । आवस्यकताको पहिचान, समयको निर्धारण , बिषयक्षेत्रले स्थानीय श्रोत साधनको प्रयोग र यसको उपयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रयोत्गामक शिक्षा संचालन गरिनुपर्छ ।

केन्द्रिय पाठ्यक्रमले स्थानीयरुपमा प्रभाव पार्न नसकेकोले भुगोल रहनसहन उत्पादित बस्तु भाषा संकृती भेषभुषा भिन्न हुन्छन् त्यसैलेपनी यो निर्णय स्वागतयोग्य रहेको सम्म बताएका हुन ।

रुन्टीगढी गाउँपालिकाका सबै वडाहरुमा हुने कार्यक्रम यो दोश्रो हो । यो भन्दा पहिले वडा नं १ सुझाव संकलन कार्य संपन्न भइसकेकोछ । सबै वडाबाट सुझाव संकलन पूरा भइसकेपछि पालिका स्तरमा सुझाब लिने र प्रक्रियाको लागी बिज्ञ कहाँ पठाउने शिक्षा शाखा प्रास  घन बहादुर डाँगीले बताउनु भएको छ ।

कार्यक्रमलाई बधाई तथा शुभकामना दिदै अध्यक्ष भ्युलाल पुनले यहाँको वातावरणलाई सुहाउँदो पाठ्यक्रम बनाई शिक्षालाई थप प्रभावकारी बनाउन सबैको सल्लाह सुझाव आवस्यक रहेको बताउदै पाठ्यक्रमको थप शुभकामना दिदै कार्यक्रमको समापन गरेका हुन् ।

Facebook Comments