नबिन पुन
सल्यान ३ पुष । सल्यान बनगाड पश्चिम क्षेत्रका गाउँ बस्तिहरुमा युबा संगै पुरुषको संख्या घट्न थालेको छ गाउँ बस्तीहरुनै युवाबिहिन हुँदै छ्न ।
विशेषगरि रोजगारीका लागि साउदी कतार मलेसिया लगायतका देश अनि भारतका विभिन्न ठाउमा र रोजगारी संगै पढाइका लागि सुर्खेत दाङ, नेपालगन्ज ,काठमान्डौका सहरमा जानेको संख्या, बढेसँगै गाउँमा युबा र पुरुषको संख्या घटेको हो । जिल्लाको पश्चिम बनगाड कुपिन्डे नगरपालिकाका प्रायः युवा रोजगारीका लागि भारत जाने गर्दछन् । आफ्नो देशमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि पुग्दो मात्रामा जमिन नभएको र जमिन भए पनि धेरैजस्तो ठाउमा सिचाइ सुबिधा नहुनूका कारण घरपरिवारको घरखर्च चलाउनैका लागि भारत जानुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।
हाल जिल्लाका पश्चिम बनगाड कुपिन्डे नगरपालिका ३ को खेदगाडा,किम्टाकुरा, खानीगाउँ मेलटाकुरा लगायत प्रायस् सबै गाउँ बस्तिमा बालबालिका, महिला र जेष्ठ नागरिक वृद्धवृद्धा मात्रै रहेको देन्न सकिन्छ ।
बनगाड कुपिन्डे नगरपालिका ३का स्थानीय इन्द्र पुनले भन्नू भयो ूस्थानीयस्तरमा रोजगारिको सिर्जना हुन नसक्दा युबा सबै गाउँ छोडे गाउबस्तिमा कोहि बिरामी पर्दा, केही समस्या पर्दा पनि कोहि युबा भेटिदैनन,। सरकारले स्वदेशमै रोजगारीको व्यवस्था मिलाए युबा प्लाएन हुनबाट रोक्न सकिन्थ्योू ।
यहाका पुरुष र युवाहरू महत्त्व पुर्ण चार्ड पर्बहरु र खेतिपातीको सिजन जेष्ठ असारमा मात्रै घर फर्कने । अनि २र३ महिना खेती लगाइ सकेपछि फेरि रोजगारीकै लागि बाहिर जाने गर्छ्न प्रायः युवाहरु भारतको महारास्ट्र नाशिक, जलगाउँ ,गुजराज अहम्ताबात ,सिम्ला लगायतका क्षेत्रमा रोजगारिका लागि जाने गरेका पाइन्छ ।
पहिले( पहिले यहाका किसानहरुले घर घरमा भैंसी पाल्ने गर्थे हाल भने प्राय बन जङ्गलहरु सामुदायिक बन बनेका छ्न , भनेको बेला घाँस काट्न नपाइने हुदा युबाहरुको भैंसी पालन प्रती खासै चासो छैन , अहिले मुस्किलले प्रतेक गाउमा दुईरचार वटा भैंसी हुने गरेको पाइन्छ अहिले १ हल गोरु मात्रै र कति पएले बाख्रा पालन गरेका छ्न ।२ बर्ष अगाडि साम्म खानेपानीको नैकै समस्या रहेको यो ठाउमा हाल भने खानेपानी पनि लिफ्ट मार्फत पुगेको छ । विद्युत् प्रसारण लाइन भने अहिले सम्म यहाका गाउँहरुमा पुगेको छैन । कच्ची सडक भय पनि गाउँ सम्म पुगेको छ , गाउँमा सामान ल्याउन सजिलो भए पनि रोजगारी नभएका कारण युवाले दिन प्रतीदिन गाउँ छोडिरहेका छन् ।
ध्चष्तभ तय ल्बदष्ल एः

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
