घोराही उपमहानगरपालिका १७ निवासी शिक्षाप्रेमी श्रीमती सुमित्रादेवी रेग्मी, ईश्वरीप्रसाद रेग्मी र श्रीमती शोभादेवी रेग्मीले गोरक्ष रत्ननाथ मावि चौघेरामा दुई लाख एक रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यालयको ५० औं बार्षिकोत्सवको अवसरमा उहाँहरुले पिता/ससुरा माधवप्रसाद रेग्मी र माता/सासुआमाहरु खिमादेवी रेग्मी र कृतिका रेग्मीको स्मृतिमा ‘स्व. खिमा–माधव–कृतिका स्मृति पुरस्कार’का लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयका गरिव तथा जेहेन्दार बालिकालाई शिक्षण निरन्तरतामा सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरिएको रेग्मी परिवारले जनाएको छ । अक्षयकोष स्थापनाको सम्झौतापत्रमा अक्षयकोष संस्थापकको तर्फबाट ईश्वरीप्रसाद रेग्मी र विद्यालयको तर्फबाट प्राधानाध्यापक सेमलाल मल्लले हस्ताक्षर गर्नुभएको छ ।
अक्षयकोषको बार्षिक ब्याजबाट कक्षा १० साधारणतर्फ एसइइमा सबैभन्दा बढी अंक ल्याउने एक जना छात्रालाई हरेक बर्ष पुरस्कार प्रदान गरिने छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअको संयुक्त दस्तखतबाट चल्ने खातामा राखेर अक्षयकोष सञ्चालन गर्ने सहमति दुबै पक्षबीच भएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।