दाङ, १ पुस । दाङको घोराहीस्थित गोदावरी इङलिस बोर्डिङ स्कुलका यातायात सहचालकमाथि हातपात भएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४५ वर्षीया नन्दबहादुर खड्कालाई पैदल यात्रीले कुटपिट गरेको विद्यालयका प्रिन्सिपल हरि पौडेलले जानकारी दिएका छन् ।
शुक्रबार बिहान ८ः ३५ बजे घोराही १५ स्थित डिके पेट्रोल पम्म नजिक गाडी नजिकबाट लिएको भन्दै बसभित्रै पसी पैदल यात्री आमा छोराले सहचालक खड्कालाई कुटपिट गरेका हुन् । ढुङ्गा प्रयोग गरी खड्काको अनुहार र टाउकोमा गहिरो चोट पर्ने गरी कुटपिट गरेका हुन् । घाइते खड्काको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
सहचालकलाई कुटपिट गर्ने कार्यमा संलग्न आमालाई नियन्त्रणमा लिई प्रहरीले घटनाको छानविन गरिरहेको छ भने छोरा फरार रहेका छन् ।
प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी र सचिव आदिम केसीले एक विज्ञप्ति जारी गरी घटानाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।
त्यसैगरी गोदावरी इङलिस बोर्डिङ स्कुलका पिन्सीपल हरिप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सहचालकमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
