लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी)मा औपचारिकरुपमा प्रदेश सरकारको काम शुभारम्भ गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनबाट मुख्यमन्त्री कार्यालयमा झण्डोत्तलन गरी प्रदेश राजधानीको बिधिवत उद्घाटन गरिएको हो ।
झण्डोत्तलनपछि मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानीको बिधिवत उद्घाटन गरिएको घोषणा गर्नुभएको थियो ।
प्रदेशसभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)लाई तोके पनि अहिलेसम्म अस्थायी मुकाम बुटवलबाट काम हुँदै आएको थियो ।
निर्णयको झण्डै २ बर्ष २ महिना ८ दिनपछि स्थायी राजधानी सञ्चालनमा आएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।