दाङ, २७ मंसिर । दाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगिशरण गाउँपालिका –६ निबासी १७ वर्षका सुदिप चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्ष पर्वत केसीले जानकारी दिनुभयो ।
बबईबाट ढुङ्गा लिएर फर्किदै गरेका रा१त ४५९३ नम्बरको ट्याक्टर एकली भन्ने स्थानमा दुर्घटना हुँदा घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु थियो ।
ट्याक्टर चालक देश बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन सुरु गरेको छ । घटना हिजो राती करिब ८ बजे भएको प्रहरीले बताएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

