त्रिभुवन विश्वविद्यालयबाट एमए राजनीतिशास्त्रमा रविना घिमिरेले सर्वोत्कृट अङ्क प्राप्त गर्नुभएको छ ।
रत्नराज्य क्याम्पसबाट उहाँले राजनीतिशास्त्रमा गोल्ड मेडल प्राप्त गर्नुभएको हो । कानुनमा स्नातकोत्तर गरिसकेकी घिमिरे अधिवक्ता हुनुहुन्छ ।
त्रिवि को ४८औ दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट बडाकाजी मरिचमान सिंह प्रधान स्वर्ण पदक र ललित चन्द पुरस्कार (नगद रु २५,०००) बाट उहाँ दीक्षित हुन सफल हुनुभएको छ ।
नुवाकोट जन्मघर भएकी घिमिरेको दाङ बिजौरीमा विहे भएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।