काठमाण्डौं , २५ मंसिर । फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हो ।
यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो ।
यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई र आज बिहान भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इङ्ल्यान्डलाई हराएर अन्तिम चारमा पुगेका हुन् ।
फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।