• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्व.कृति वजिमयको सम्झनामा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग




दाङ, २३ मंसिर । स्व। कृति वजिमयको सम्झनामा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । काठमाण्डौ ९ बत्तिसपुतली निवासी स्व। कृति वजिमयको सम्झनामा घोराही उपमहानगरपलिका वडा नंम्वर १४ मा रहेको बालबान्दिर आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरिएको छ ।

स्व। कृतिको सम्झनामा वजिमय परिवारले बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २८ थान सुरुवाल र २८ थान उनको टोपिका साथै फलफुल वितरण गरेको हो । उनका बुबा रमेश कुमार वजिमय, आमा कृष्णा वजिमय, भाई क्रिमेश वजिमयले कृतिको सम्झनामा बौद्धिक अपांगता भएका बालबालिकालाई सहयोग गरिएको हो । कृतिको मृत्यु २०६६ माघ १९ गते भएको थियो ।

 

यस राजमार्ग अनलाईन वेवसाईटमा बालमन्दिरका बालबालिकालाई सहयोग गरेको समाचार प्रकाशन भएपछि वजिमय परिवारले अनलाईन संगको समन्वयमा सहयोग गरेको हो । अनलाईनमा पछिल्लो पटक २०७९ मंसिर २२ गते बौद्धिक अपाङ्गता भएका बालबालिकालाई दाङ निर्माण व्यवसायी संघले २८ थान स्वीटर सहयोग गरेको समाचार प्रकाशित भएको थियो ।

वजिमय परिवारले काठमान्डुबाटै पैसा पठाईदिएपछि राजमार्ग अनलाईनका सम्पादक दिपक जिएम र दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका मगरको सहजिकरणमा विद्यालयका प्रानाध्यपक बिष्णु भण्डारीलाई सहयोग समाग्री वितरण गरिएको हो ।

Facebook Comments