• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउँदा लाभग्राहीहरु खुसी




कमल खड्का
होलेरी, २३ मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिकाले बैंक मार्फत बिहीबार वडा नम्बर २ को वडा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता बितरण सम्पन्न गरेको छ । विशेषगरि वडा देखि बैंक सम्म पुग्न टाढा पर्ने लावग्रहीलाई मध्यनजर गरेर वडाबाट बितरण गर्न सुरु गरेको हो ।

वडाबाट बितरण गर्दा लाभग्राहीहरु प्रत्यक्ष सहभागी हुने बैंकमा लाइन बस्ने झन्जतबाट मुक्त हुनुका साथै लावग्रहीहरुको यातायात खर्च पनि बच्ने गरेको छ । बैंक टाढा पर्ने लाभग्राहीहरु निकै हर्सित पनि भएका छन् । रुन्टीगढी गाउँपालिकाले यस वडासंगै पहिलो चरणको सामाजिक सुरक्ष भत्ता अहिले सम्म ७ वडाबाट बितरण गरिसकेको छ । अब वडा नम्बर ३ र ४ गरि २ वटा वडा मात्र बाँकी रहेका छन ।

यी बाकी वडाहरुमा पनि छिटै बितरण हुने तयारी भइरहेकोे जानकारी प्र्राप्त भएको छ । पहिलो चरणमा केही वडाहरुका लावग्रहीहरुको कागजात मिलाउनु पर्ने भएकाले भत्ता बितरण केही ढिलाई भएको हो । तर दोस्रो चरणमा बितरण गर्न सहज र अलि छिटो हुने अनुमान गरिएको छ । किनभने दोस्रो चरणमा कागजता मिलाउन धेरै झन्जत नहुने अनुमान गरिएको छ ।

रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन द्वारा वडा न २ मा एक वृद्धनलनई भत्ता उपलब्ध गराउदै सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सुुरु भएको हो ।

Facebook Comments