• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकीकृत अखिल नेपाल शिक्षक संगठन बनगाड नगरको अध्यक्षमा बस्नेत




नबिन पिएम
मंसिर २३, सल्यान । एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सम्मेलन र जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा नगर सम्मेलन बिहिवार बनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा सम्पन्न भएको छ ।

नगर सम्मेलनले खुम प्रकाश बस्नेतको अध्यक्षतामा ५ समस्य पछि थप्ने गरि २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा झलक केसि, महिला उपाध्यक्ष सीता शाह , सचिव नन्दलाल बुढा, कोषाध्यक्ष केशबि राना चयन हुनुभएको छ भने सदस्यमा ११ जना चयन हुनुभएको छ । भने ५ समस्य पछि थप्ने भनिएको छ ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष तथा बनगाड कुपिन्डे नगर प्रमुख कर्ण बहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा सञ्चालित नगर कमिटी शिक्षक संगठन गठन गरिएको हो ।सम्मेलनमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा ३ नम्बर वडा अध्यक्ष धन बहादुर पुन, नेकपा माओवादी बनगाड कुपिन्डे नगर कमिटी अध्यक्ष कृीती बहादुर राणा, नगर कमिटी सचीव दुर्गा बुढाथोकी लगायतको उपस्तिथि रहेको थियो ।

Facebook Comments