• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु




रुकुम पश्चिम, २३ मंसिर । आँखा उपचार केन्द्र रुकुम पश्चिममा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । मोतियाविन्दुको समस्या भएका बिरामीहरुलाई लक्षित गर्दै जिल्ला अस्पताल सल्लेमा रहेको आँखा उपचार केन्द्रमा दुई दिने आँखा अप्रेशन शिविर आयोजना गरिएको हो ।

शिविरको बिहीबार एक कार्यक्रमका विच कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले उद्घाटन गर्नुभयो । नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोग र मुसिकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र सल्लेले शिविरको आयोजना गरेको हो ।

 

 

 

 

 

शिविरमा मोतियाविन्दुको समस्या भएका बिरामीहरुको निःशुल्क आँखाको अप्रेशन हुने राप्ती आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सालीक राम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ४ वटा स्थानीय तहमा संचालन गरिएको आँखा जाँच शिविरबाट पहिचान भएका मोतियाविन्दुका बिरामी सहित अन्य बिरामीले समेत शिविरबाट सेवा लिन सक्ने छन् ।

जिल्लाको मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न १० ठाउँमा केही दिन अघि निःशुल्क आँखा जाँच तथा उपचार शिविर संचालन गरिएको थियो । जसक्रममा २ सय १७ जना अप्रेशन गर्नुपर्ने खालको मोतियाविन्दुको समस्या भएका बिरामीहरु फेला परेको आँखा उपचनर केन्द्र सल्लेका प्रमुख धन बहादुर केसीले बताउनुभयो ।

उनिहरुलाई लक्षित गरेर शिविरको आयोजना गरिएको उहाँको भनाई छ । यसवाहेक आँखाको समस्या भएका अन्य बिरामीले पनि जाँच तथा अप्रेशन सेवा लिन सक्ने उहाँले बताउनुभयो । शिविर भोलीसम्म संचालन हुने आँखा उपचार केन्द्र सल्लले जनाएको छ । शिविरमा राप्ती आँखा अस्पताल तुलसिपुरका डाक्टर सुरेश रसाइलीको नेतृत्वमा १६ जना स्वास्थ्यकर्मी परिचालित छन् ।

शिविरको आज बिहान एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । नेपाल नेत्र ज्योती संघ रुकुम पश्चिमका सभापति शिवराम खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीको प्रमुख र मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

Facebook Comments