• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
संघद्वारा बौद्दिक अपाङ्ग बालबालिकालाई न्यानो कपडा वितरण




दाङ, २२ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले आज १५ औ दिवसका अवसरमा देशभर सामाजिक कार्यहरुका साथै विविध कार्यक्रम गरेर दिवस मनाएको छ ।

त्यसै अवसरमा नेपाल निर्माण ब्यबसायी महासंघको १५ औँ दिवसको अवसरमा दाङ निर्माण ब्यबसायी संघले सराहनीय् कार्य गरेको छ । आज घोराही १४ बालमन्दिर आधारभुत बिध्यालयमा रहेका बौद्दिक अपाङ्ग बालबालिकालाई सहयोग गरेको हो । संघले अनौपचारिक कार्यक्रमको आयोजना गरी बालमन्दिरमा आवासिय २८ जना बौद्दिक बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

 

दाङ निर्माण व्यवसायी संघका महासचिव सोक बहादुर रोका मगरको अगुवाइमा बालबालिकाहरुलाई २८ थान स्विटर तथा ३० वटा फ्रुटी बितरण गरिएको हो ।

बालबालिकाहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको संघका महासचिव रोकाले बताउनु भयो । साथै आगामी दिनहरुमा पनि आवश्यक परे संघले सक्दो सहयोग गर्ने प्रतिवद्द्ता जाहेर गर्नु भयो।

 

संघका महासचिवल रोकाले निर्माण दिवसका अवसरमा बौद्दिक अपाङ्ग बालबालिकाहरुलाई न्यानो कपडा दिने बुधवार सुचना जारी गर्नु भएको थियो । संघले बिगतका दिनहरुमा पनि सामाजिक कार्यहरु गर्दै आएको छ ।

सहयोग कार्यक्रममा निर्माण व्यवसायी टीका थापा, लक्ष्मण बुढामगर,बसन्त शर्मा, भद्र बहादुर खत्री, राजेन्द्र घर्ती, युवा ब्यबसायी हेमराज रिजालको सहभागिता रहेको थियो ।

Facebook Comments