• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बस र ट्रक ठोक्किँदा १७ जना घाइते




नवलपुर, २२ मंसिर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ ।

बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ बजे ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना यात्रु थिए । अन्य यात्रुहरु सकुशल रहेको पाठकले बताए ।

 

Facebook Comments