• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एन प्याब्सन दाङले बृहत खेलकुद प्रतियाेगिता गर्ने




तुलसिपुर, २१ मंसिर । एन प्याव्सन दाङले बृहत् खेलकुद प्रतियाेगिता २०७९ आयाेजना गर्ने भएको छ । एन प्याव्सन दाङकाे वार्षिक कार्यक्रम अन्तर्गत यहि मंसिर २९ गते देखि पुस २ गते सम्म प्रतियाेगिता अायाेजना गर्ने भएको हाे ।

२०७६ सालबाट शुरु भएको बृहत खेलकुद प्रतियाेगिता काेभिडका कारण लगातार २ वर्ष स्थगित भएको थियाे । प्रतियाेगितामा छात्र/ छात्रा भलिवल त्यस्तैगरि दाैड तर्फ छात्र/छात्रा १००,२००,४००,८००,१५०० र ३००० मिटर हुनेछन ।

त्यस्तैगरि हाईजम्प , लङजम्प , त्रिपलजम्प , ज्यावलिङ थ्राे र सटपुट छात्र/छात्राका लागि हुने अायाेजक एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमले जानकारि दिनुभयाे । प्रतियोगितामा एन प्याव्सन दाङमा आवद्द मावि तहका ३० वढि विद्यालयहरुकाे सहभागिता हुने गाैतमले जानकारी दिनुभयाे ।

त्यस्तै प्रतियाेतामा सहभागी हुने विद्यालयहरुलाई यहि मंसिर २५ गते भित्रमा सहभागि खेलाडिकाे नाम सहित दर्ता गर्न आह्वान गरिएकाे छ । प्रतियोगिताका सवै खेलहरु वेलझुण्डि स्थित रगशालामा हुने सचिव ठाकुर प्रसाद डाँगीले जानकारि दिनुभयाे ।

Facebook Comments