लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रभित्र रहेका स्थानीय तह र स्थानीय समुदायले राजधानी व्यवस्थापनका लागि पहल थालेका छन् ।
उनीहरुले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समिति गठन गरेर राजधानी व्यवस्थापनका लागि पहल थालेका हुन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको संयोजकत्वमा गढवा, राजपुर गाउँपालिका, लमही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका पदाधिकारी, सो क्षेत्रमा नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, सञ्चारकर्मीलगायतको प्रत्यक्ष सहभागिता रहने गरी राजधानी व्यवस्थापनका लागि संयुक्त पहल थालिएको हो ।
मूल समितिका साथै स्वागत सत्कार, सरसफाइ तथा सौन्दर्यकरण, घरभाडा समन्वय र आर्थिक तथा आपूर्ति व्यवस्थापन उपसमिति गठन गरेर अभियानात्मकरुपमा राजधानी व्यवस्थापनको काम थालिएको छ । मूल समितिको सोमवार बसेको बैठकले राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टको संयोकजत्वमा स्वागत सत्कार उपसमिति गठन गरिएको छ । जसमा राजधानी क्षेत्रका पालिकाका पदाधिकारी, राजनीतिक दल, उद्योग वाणिज्य संघ, सहकारीलगायत सदस्य रहेका छन् ।
त्यस्तै राप्ती उद्योग उद्योण वाणिज्य संघको संयोजकत्वमा आर्थिक तथा आपूर्ति व्यवस्थापन, श्यामे चौधरीको संयोकजकत्वमा सरसफाइ तथा सौन्दर्यकरण, राप्ती वडा नम्बर ४ का अध्यक्ष संयोजक र अन्य वडा अध्यक्षहरु तथा उद्योग वाणिज्य संघहरु सदस्यहरु रहेको घरभाडा व्यवस्थापन र अर्जुन अधिकारीको संयोकजत्वमा प्रचारप्रचार उपसमिति गठन गरिएको छ ।
बैठकले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समितिको सचिवालय पनि गठन गरेको छ । मूल समिति संयोजकत्व बिष्टको संयोकजत्वमा गठित सचिवालयमा शीतगङ्गा नगरपालिकामा प्रमुख छविलाल पौडेल, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल, उपसमिति संयोजकहरु, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली र अधिकृत विश्वास बिक, पत्रकारद्वय नरेन्द्र केसी र महेश रिजाल सदस्य रहनुभएको छ ।
राजधानी कार्यान्वायनसँगै अब आउने जनप्रतिनिधि र कर्मचारीलाई समस्या नहोस् भनेर संस्थागरुपमै यस्तो पहल थालिएको राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समितिका संयोजक प्रकाश बिष्टले जानकारी दिनुभयो ।
राजधानी व्यवस्थापनलाई सहयोग पुग्ने गरी राप्ती गाउँपालिकाको कार्यपालिकाले घरभाडाको न्यूनतम दर तोकेको छ भने सरसफाइ तथा सडक सौन्दर्यकरणका लागि अभियान नै थालेको छ । राजधानी कार्यान्वयनको झण्डोत्तलन गर्ने दिनसम्म राजधानीलाई झकिझकाउन बनाउने तयारी पनि समितिले गरेको छ ।
बैठकमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, राजधानी क्षेत्रका पालिका पदाधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, पत्रकार महासंघलगायतका प्रमुख तथा प्रतिनिधिहरुले राजधानी व्यवस्थापनलाई सफल पार्न एकताबद्धरुपमा लाग्ने प्रतिबद्धता जनाएका थिए । संयोजक बिष्टको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य सचिव नेवबहादुर ओलीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।