• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला शसक्तिकरणलाई जोड दिँदै कालिमाटीका सबै वडामा सचेतना कार्यक्रम




सल्यान, २० मंसिर । सल्यानको कालिमाटी गाउँपालिकाका वडाहरुमा हिंसा विरुद्धको आवाज बुलन्द गर्नका लागि सचेतनामुलक कार्यक्रम संचालन गरिएको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँपालिकाको आयोजनामा वडास्तरमा विभिन्न कार्यक्रम संचालन गरिएको हो ।

गत शुक्रबार गाउँपालिकामा अभियान उद्घाटन भएको र आगामी शनिवार वडा नम्बर १ मा समापन गर्ने कार्यक्रम रहेको गाउँ पालिकाले जनाएको छ । “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरूद्ध अभियान “ भन्ने नाराको साथ विविध सचेतनामुलक कार्यक्रम संचालन भैरहेको कालिमाटी गाउँपालिका उपाध्यक्ष शनसिलता वली डिसीले जानकारी दिइन । लैंगिक हिंसा कानूनी अपराध भएको र हिंसाको रोकथाम तथा पीडितको न्यायको लागि आवश्यक सचेतना फैलाइएको उनले जानकारी गराइन । मंगलबार वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न भएको र यस अघि वडा नम्बर २, ४, ५, ६ र ७ मा पनि लैंगिक हिंशा अन्त्यका लागि सचेतना एवम अन्तरक्रिया कार्यक्रम संचालन भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुले महिलामाथि हिंसा नगर्ने, महिला हिंसाको उपेक्षा नगर्ने तथा हिंसाका घटनामा चुप लागेर नबस्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । सबैले प्रतिबद्धता पालना गर्दै लैङ्गिक हिंसाको अन्त्यका लागि सहकार्य गर्नुपर्नेमा गाउँपालिका उपाध्यक्ष वलीको जोड छ । गाउँपालिकाले सबै किसिमका हिंशा, कुरिती र कुसंस्कार अन्त्यका लागि नियमित विभिन्न कार्यक्रम संचालन गर्दै आएको जनाउदै उपाध्यक्ष वलीले लक्षित वर्गको शसक्तिकरणका लागि पनि आवश्यक बजेट व्यवस्थापन गरिएको जानकारी दिइन ।

महिला शसक्तिकरणलाइ जोड दिदै अभियान अन्तर्गत समाजको कुप्रथाहरुलाई कसरी न्युनिकरण तथा निरुत्साहित गर्न सकिन्छ, हिंसाबाट कसरी जोगिन सकिन्छ भन्ने विषय वस्तुमाथि चेतना मुलक अन्तर्क्रिरया संचालन भैरहेको गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाले जनाएको छ । नेपालको संविधान तथा नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धताहरू पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्न यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने महिला तथा बालबालिका विकास शाखा प्रमुख रितु केसी तिमिल्सिनाले बताइन् ।

Facebook Comments