• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेशसभा सदस्य केसीद्वारा घिसिङसित भेटघाट




रुकुम पूर्व प्रदेश सभा २ बाट नवनिर्वाचित सांसद धनबहादुर केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग भेट गर्नुभएको छ ।

जिल्लाको विद्युतिकरणको समस्या लिएर सांसद केसी आज नेपाल विद्युत प्राधिकरण पुग्नुभएको थियो । जसक्रममा सांसद केसीले कार्यकारी निर्देशक घिसिङसंग भेट गर्दै जिल्लामा विद्युत विस्तारको माग गर्नुभएको छ । सांसद केसीले विशेषगरी जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ मा विद्युतिकरणको लागि माग गर्नुभएको छ ।No description available.

अहिलेसम्म सडक, बिद्युत लगायतका अत्यावश्यक सेवाबाट बञ्चित रहेको विकट वडा नम्बर १ मा केन्द्रीय प्रसारण लाइनको विद्युत पुर्याउन केसीले घिसिङ समक्ष माग गर्नुभएको थियो । त्यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ लगायत जिल्लाभरमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि सांसद केसीले नेपाल विद्युत प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । जवाफमा कार्यकारी निर्देशक घिसिङले विद्युतिकरण हुन नसकेका विकट वस्तीहरु प्राधिकरणको प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

सोही अनुसार सिस्ने गाउँपालिका वडा नम्बर १ मा विद्युतिकरणका लागि ठेक्का लागिसकेको जानकारी गराउँदै जिल्लाका सबै वस्तीमा विद्युतिकरणका लागि नेपाल विद्यतु प्राधिकरणले क्रमागत रुममा काम गरिरहेको र त्यसलाई थप तिव्रता दिन आफुले सम्बन्धीत ठाउँमा निर्देशन गर्ने पनि घिसिङले बताउनुभएको थियो । साथै उहाँले नवनिर्वाचित सांसद केसीलाई बधाई दिँदै कार्यसफलताको शुभकामना दिनुभएको थियो ।

Facebook Comments