• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा आँखासम्बन्धी मोतिबिन्दु छनोट तथा निःशुल्क अप्रेशन शिविर हुने




सल्यान, २० मंसिर । सल्यानको बागचौर नगरपालिकामा निःशुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर संचालन हुने भएको छ ।

नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र बागचौर नगरपालिका सल्यानको आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।

शिविर मंसिर २४ गते आधारभूत स्वास्थ्य केन्द्र बागचौर नगरपालिका वडा नं। ३ चौरपानी, २५ गते बाफुखोला स्वास्थ्य चौकि वडा नं। १२ बाफुखोला, मंसिर २५ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ११ पानीचौरमा हुनेछ ।

त्यसैगरी २६ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ जामुनेचौर २६ गते नै कोटवारा स्वास्थ्य चौकी टाटके, २७ गते शिवरथ स्वास्थ्य चौकी बागचौर नगरपालिका ४ पेदिखोला, २७ गते वडा नं. ५ बाहुनथाना, २८ गते कोटमौला स्वास्थ्य चौकी बागचौर नगरपालिका ८ कोटमौलामा शिविर संचालन हुनेछ । शिविरमा बिहान १० बजे देखि दिउसो २ बजे सम्म नाम दर्ता गर्न सकिनेछ ।

त्यस्तै मंसिर २८ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ९ खोरवारे र २९ र पुष १ गते जनकल्याण क्याम्पस बागचौर नगरपालिका वडा नं. २ थारमारेमा संचालन हुने भएको छ । मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकाहरुलाई यहि मंसिर २९ देखि पुस १ गते सम्म जनकल्याण क्याम्पस बागचौर नगरपालिका थारमारेमा निःशुल्क अप्रेशन गरिने भएको बागचौर नगरपालिका नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

Facebook Comments