• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनीको मुख्यमन्त्री कार्यालय स्थायी राजधानीमा सारियो




ओमप्रकाश गुप्ता

भालुवाङ २० मंसिर । लुम्बिनी प्रदेशकाे अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयकाे फर्निचर लगायतका सम्पूर्ण सामाग्री दाङको देउखुरी ल्याइएको छ ।३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयकाे सामान सहितकाे कार्यालयका सम्पूर्ण सामाग्री बाेकेर मुख्यमन्त्री सहितकाे सम्पूर्ण टाेली स्थायी राजधानी देउखुरी आइपुगेको हो । सोमबार राति १०:३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको छ ।आइतबारबाट मुख्यमन्त्री कार्यालकाे सम्पूर्ण काम देउखुरीबाट नै हुने छ । मुख्य मन्त्रीकाे वुटवल स्थित अस्थायी मुकाम बन्द गरिएको छ ।आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र काेष लेखा नियन्त्रण कार्यालय पनि याे साता भित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी आइसक्ने बताइएको छ । नवनिर्वाचित लुम्बिनी प्रदेशसभाकाे सपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणकाे अन्तिम चरणमा रहेकाे संसद् भवनमा बाेलाउने तयारी गरिएकाे छ । प्रदेशसभाकाे दुई तिहाइले गरेकाे निर्णयलाई व्यवहारीक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिएका छन् ।

  

Facebook Comments