• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुक्ति माध्यमिक बिधालयको नयाँ भवन निर्माण कार्य सम्पन्न




नबिन पिएम
बनगाड , २० मंसिर । सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको पुरानो सामुदायिक विद्यालय श्री मुक्ति माध्यामिक विद्यालयको नँया भवन निर्माण कार्य सम्पन्न भएको छ । बनगाड कुपिन्डे नगरपालिका वडा नम्बरको ३ हिलेपोखरी,ओलबेशिमा रहेको श्री मुक्ति माविको नँया भवन प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत ४० लाख बजेटमा निर्माण सम्पन्न भएको हो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा यहि २०७९ को जेठ देखि सुरु भएको भवन निर्माण कात्तिकमा सम्पन्न भएको हो । ४ कोठे भवन निर्माण पंश्चात विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन निकै सहज हुने मुक्ति माविका प्रधानाध्यापक नोखराज बिएमले बताउनु भयो ।

बनगाड कुपिन्डे नगरपालिको पुरानो सामुदायिक विद्यालय मध्य यो एक विद्यालय भएको र उक्त विद्यालयमा भौतिक व्यवस्थापन, सरसफाई, कक्षाकोठा व्यवस्थापन र पढाईमा पनि विगत भन्दा हाल केही सुधार आएको प्रधानाध्यापक बिएमले बताउनु भएको छ ।
उक्त बिधालयमा छुट्टाछुट्टै भवन र स्थान गरि कक्षा १ देखि कक्षा १२ सम्म पढाइ भैरहेको बताइएको छ । बिधालयमा सबै कर्मचारी नियमित उपस्थिति नहुने यहाँका अभिभावकको गुनासो रहेको छ ।

भने यता प्रअ बिएमको भनाइ अनुसार बिगतमा इ(यावत समस्या रहेको भएता पनि हाल भने ,पढाईलाई अझै गुणस्तरिए र प्रभबकारी कसरी बनाउन सकिन्छ, त्यसरीनै बिधालय परिवार र बिधालय ब्यबस्थापन समिती लागिपरेको बताउनु भयो । उहाले थप्नुभयो “ विद्यालयमा हाल ६ कक्षा देखी १२ कक्षा सम्मको लागि ९ जना र १देखि ५ कक्षा सम्मको लागि ३ जना कर्मचारी रहेको ” । र हाल सबै कर्मचारी नियमित समयमै उपस्थित हुने गरेको र पढाईलाई निरन्तरता दिईरहेको बताउनु भयो ।

Facebook Comments