• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनजागृति प्राविको अभिभाव भेला, विव्यस अध्यक्षमा राना




घोराही, २० मंसिर । रोल्पाको रुन्टीगढी गाउँपालिका – ६ मा रहेको जनजागृति प्राविको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको आयोजनामा सोमबार उक्त भेला विद्यालयको प्रांगणमा सम्पन्न भएको हो ।

उक्त भेलाले खिमलाल रानाको अध्यक्षतामा ९ जना विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरुमा वडा प्रतिनिधि प्रेमा विक, शिक्षक नारायण थापा र हिरा घर्ती, भिभावक लोकबहादुर बुढाथोकी, हिरा थापा, कमला राना, शशिराम बस्नेत, भूपबहादुर रेउले रहेको सोही वडामा रहेको बिहानी जागरण युवा क्लवका अध्यक्ष केशर रावतले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपबहादुर रेउलेको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका ६ का वडा अध्यक्ष घनबहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका रुपा घर्तीले गरेकी थिइन् ।

Facebook Comments