कमल खड्का
होलेरी, २० मंसिर । रोल्पाको महेन्द्र मावि होलेरीले अभिभावक भेला ,सामाजिक प्रतिबेदन तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ । विद्यालयले २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्त सम्मको वार्षिक प्रतिबेदन एक कार्यक्रमका बीच प्रस्तुत गरेको हो ।

वार्षिक प्रतिबेदनमा समग्र विद्यालयको आर्थिक भौतिक शैक्षिक अवस्थाका बारेमा स्पस्त पारेका थिए ।
वार्षिक प्रतिबेदनमा सामाजिक प्रतिबेदन सोही विद्यालयका शिक्षक गोकुल प्रसाद केसीले र आर्थिक प्रतिबेदन सोही विद्ययालका प्रअ बेदान्त सूर्यवंशी प्रस्तुत गरेका हुन् ।
त्यसैक्रममा नियमित विद्यालय हाजिर भएर पठन पाठन गराएको सन्दर्भमा सोही विद्यालयका शिक्षक राजेन्द्र चन्दलाई विदालयले समान समेत गरेको छ ।
कार्यक्रममा बोल्दै रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले शिक्षाको अवस्था सुधार गर्न आ-आफ्नो तर्फबाट लागि पर्नुपर्ने कुरा उल्लेख गर्दै गाउँपालिकाबाट हुने सहयोगमा आफु सकारात्मक भएको कुरा बताएका छन् ।
शिक्षक कुलराज आचार्यको स्वागत मन्तब्य सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पुन, प्रमुख अतिथिमा गाउँपालिकाका अध्यक्ष जनक पुन, अतिथिहरु शिक्षा शाखा प्रमुख अन्जु शर्मा,शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर रेउले, प्रअ बेदान्त सूर्यवंशी, तारा डाँगी लगाएतको उपस्थिति रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
