• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुकुम्बासीका लागि विकल्पसहित समाधान खोजिने छ : मन्त्री चौधरी




काठमाडौँ, १९ मंसिर । शहरी विकास मन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्प सहित समाधान खोजिने बताएका छन् ।

सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नै पर्छ । हामी विकल्प खोज्दै छौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु । तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस् ।’

सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्री समक्ष आग्रह गरेको थियो ।

मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठुला परिवारको लागि ठाँउको खोजि गरि घर बनाउन सुरु गर्ने बताए । व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो ।

Facebook Comments