• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादीभित्र विशेष महाधिवेशनको माग




नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका हुन् ।

चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन् ।

उनीहरूले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए । यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए ।

‘गठबन्धनको विकल्प खोज्ने निर्णय भएको छैन’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताएका छन् ।

आइतबारको पदाधिकारी बैठकपछि संवाददाताहरुसँग बोल्दै उनले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताए । ‘अहिले गठबन्धनको विकल्पका बारेमा छलफल भएको छैन, गठबन्धन यथावत भएकाले त्यहीँबाट प्रयास हुने कुरा स्वभाविक भइहाल्यो’ उनले भने ।

गठबन्धनको बैठक भोलि
सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । भोलि दिउँसो ३ बजे बोलाइएको बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने एक नेताले बताए । नेकपा माओवादी केन्द्रका महासचिव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताए ।

Facebook Comments