• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोल परियोजना होलेरीद्वारा अग्निपीडितलाई राहत वितरण




राेल्पा, १८ मंसिर । रुडास नेपाल गोल दोस्रो परियोजना होलेरी रोल्पाले रुन्टीगढी गाउँपालिका-१ कासापानीका स्थानीय अग्निपीडित यामबहादुर सुनारको घर परिवारलाई राहत वितरण गरेको छ ।

अस्ट्रेलियन एडको आर्थिक सहयोगमा अड्रा नेपाल तथा रुडास नेपालको साझेदारी कार्यक्रम गोल दोस्रो परियोजना होलेरीले उक्त परिवारलाई राहत वितरण गरेको हो ।

अग्निपीडित यामबहादुर सुनारको घरमा गत बुधबार एक्कासी आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, सुन र मोबाइल जलेर नष्ट भएको थियो ।

अग्निपीडितलाई तत्कालका लागि आवश्यक पर्ने सिरक, डसना, तन्ना, त्रिपाल, पातलो ओड्ने तन्ना, बाल्टिन, खाना खाने थाल, ४ कचौरा, ४ गिलास देप्चि, कचौरा ४, डाडु, पनियो लगायतका सामग्री राहत स्वरूप सहयोग गरेको रुडास नेपाल गोल दोस्रो परियोजनाका संयोजक बासुदेव पोख्रेलले जानकारी दिए ।

Facebook Comments